Logo

सुवास नेम्वाङका छोरा सुहाङले भने ‘पार्टीले सपोर्ट र आत्मबल प्रदान गर्नेछ भन्ने चाहेको छु’



काठमाडौं, ३० भदौ । हृदयघातका कारण निधन भएका सुवासचन्द्र नेम्वाङका छोरा सुहाङले पार्टीले बाबुको अपुरा सपना पुरा गर्नका लागि आफूहरुलाई आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

समवेदना प्रकटका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित पुगेका नेताहरुलाई आभार व्यक्त गर्दै उनले बाबुले पुरा गर्न बाँकी रहेको कामहरु पूरा गर्न पार्टीले सपोर्ट र आत्मबल दिनेमा आफू विश्वस्त रहेको बताए ।

‘हजुरहरु यहाँ हामीलाई आत्मबल प्रदान गर्न आउनु भएकोमा म एकदम आभारी छु, हाम्रो परिवार आभारी छ । उहाँले गर्नुभएका र अब गर्नपर्ने धेरै कामहरुका लागि यसरी नै आत्मबल प्रदान गरिराख्ने र त्यसलाई सम्पन्न गर्न हामीलाई सपोर्ट र आत्मबल प्रदान गर्नुहुनेछ भन्न चाहन्छु,’– उनले भने ।

पार्टी पंति र राजनीति वृत्तमा पनि सुहाङले बाबुको बाटो पहिल्याउने आकलन गर्न थालिएको छ । सुहाङ पनि कानुन व्यवसायी हुन् । यद्यपि उनी अहिलेसम्म राजनीतिमा सक्रिय छैनन् । राजनीतिलाई पेशा नभएर सेवाको दृटिकोणले हेर्नुपर्ने उनको बुझाइ छ । File Photo



प्रतिक्रिया दिनुहोस्