Logo

विपीले राजनीतिमा स्थापित गर्नुभएको मानक कसैले तोड्न सकेको छैनः माओवादी नेता कार्की



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री राम कार्कीले विपीले राजनीतिमा स्थापित गरेको मानक कसैले पनि तोड्न नसकेको बताएका छन् ।

आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उनले साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई कसैले उछिन्न नसकेको जस्तै राजनीतिमा विपीलाई अहिलेसम्म कसैले उछिन्न नसकेको बताएका हुन् ।

“विपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन,”– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्