Logo

सुनिल साहद्धारा एनआरनए उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा



काठमाडौं, ३१ भदौ । गैरआवासीय नेपाली संघ (एनआएनए) को आसन्न महाधिवेशनमा सुनिल साहले अन्तराष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले फेशबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफूहरु एनआरएनएले स्थापनाकालदेखि उठाउँदै आएका माग र लिएको गन्तव्यनजिक रहेको पनि उल्लेख गरेका छन् । उनले नेपाली नागरिकताको निरन्तरता नै आफ्नो प्रमुख मुद्दा रहेको स्पष्ट पारेका छन् ।

साह हाल एनआएनएको कार्यसमितिमा कोषाध्यक्षको रुपमा कार्यरत छन् । अमेरिकामा लामो समयदेखि व्यवसाय गर्दै आएका साहले पछिल्लो समय आसन्न महाधिवेशनलक्षित देश दौडाहा पनि गरेका थिए । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै फेशबुकमा लेखेका छन्-

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा निरन्तर सहभागी भई गैर आवासीय नेपालीको आवश्यकताको मुद्दालाई सम्बोधन गराउने यो अभियानलाई सधैं साथ, सहयोग, समर्थन गर्दै आउनु भएका विश्वभर रहनुभएका अग्रज एनआरएनए अभियन्ता ,एनआरएनएकर्मी तथा तमाम एनआरएनहरू सँगको सर-सल्लाह र सुझावको उच्च सम्मान गर्दै, आसन्न गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेद्वारी दिने निर्णयमा पुगेको यहाँहरूमा अनरोध गर्दछु, सधैं झै यहाँहरूबाट साथ रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।।

हामी एनआरएनएले स्थापनादेखि उठाउँदैं आएको माग र लिएको लक्षित गन्तव्य नजिक छौं, यस महा-अभियानलाई हामी थप उर्जाका साथ टुङ्गोमा पुर्याउनेछौं । नेपाली नागरिकताको निरन्तरता नैं हाम्रो प्रमुख माग हो । एन.आर.एन.ए . महा-अभियानमा राष्ट्रिय समन्वय परिषद् ,अमेरिकाको अध्यक्ष देखि अन्तराष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष रहँदैं हजुरहरुसँगै छु, उपाध्यक्षको उम्मेद्वार बन्ने निर्णय सहीत यात्रा निरन्तर छ ।

तपाईहरूकैं,
सुनील साह
कोषाध्यक्ष
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् ।



प्रतिक्रिया दिनुहोस्