काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा गङ्गालाल तुलाधरका पिता रामबहादुर तुलाधरको पाटन अस्पातलमा उपचारका क्रममा ९७ वर्षका उमेरमा निधन भएको छ ।
उनी उच्च रक्तचापलगायत रोगबाट पीडित थिए । पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले अन्तन्तै मर्माहत तुल्याएको बताएका छन्।
खनालले आज एक शोक सन्देश जारी गर्दै उनप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।