Logo

पाशुपत क्षेत्रमा तीजको रौनक, महिला भक्तजनको भीड (फोटोफिचर)



काठमाडौं, असोज १ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको रौनक सबैभन्दा बढी यतिखेर पशुपतिनाथमा देखिएको छ । हजारौँको संख्यामा पशुपतिनाथको दर्शन गर्न आएका महिलाहरु पुजापाठसंगै नाचगान गरेर रमाइरहेका छन् ।

हरितालिका तीज पर्वका अवसरमा दर्शनार्थीले छिटोभन्दा छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।

भक्तजन लाममा बसेको आधा घण्टादेखि एक घण्टामा मूल मन्दिर प्रवेश गरी भगवान् उमामहेश्वरको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको छ ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

   



प्रतिक्रिया दिनुहोस्