Logo

बहुविवाह गर्ने नेता माओवादी केन्द्रको पार्टी सदस्यसमेत नरहने गरी निलम्बित



काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) ले बहुविवाह गर्ने एक जना नेतालाई निलम्बन गरेको छ । माओवादी सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको हो ।

कैलालीको भजनी नगरपालिकाका पूर्वप्रमुख समेत रहेका चौधरीले पार्टीसँगको छलफलका क्रममा बहुविवाह गरेको स्वीकार गरेपछि उनलाई छ महिनाका लागि पार्टी सदस्यताबाट समेत निलम्बन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्