Logo

शेखर समूहले भन्यो, ‘प्रचण्ड नेतृत्वको सरकारसँग चित्त बुझेको छैन’



काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गतिविधिमाथि प्रश्न उठाएको छ ।

आज (मंगबार) दिउँसो बसेको बैठकमा सरकारको कामकारबाहीका बारेमा छलफल भएको हो । बैठकमा महामन्त्री गगनकुमार थापा, मिनेन्द्र रिजाल, शेखर कोइराला, सहमहामन्त्री बद्री पाण्डे, उपसभापति एवं कानुन मन्त्री धनराज गुरुङ,नेता नेताहरु गोविन्द राज पोखरेल, दिलेन्द्र प्रसाद बडु, सञ्जय गौतम लगायतको सहभागिता रहेको थियो ।

बैठकपछि बाहिरिने क्रममा सञ्जय गौतमले अहिलेको सरकारप्रति आफूहरुको चित्त नबुझेको बताए । ‘सरकारको कामबारे हामीलाई चित्त बुझेको छैन,’– उनले भने । कोशी सरकारको विषयले कांग्रेसलाई राजनीतिक रुपले अप्ठ्यारो परेको समेत उनले बताए । कोशीमा आगामी दिनमा नयाँ ढंगले सोच्न आवश्यक रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्