काठमाडौं, असोज ४ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज थकाइ मार्न बिदा दिएको छ । नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सार्दा र संविधान दिवस मनाउँदा कर्मचारी, जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको हो ।
‘बुधबार एक सूचना सार्वजनिक गर्दै नगरपालिकाले संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सो क्रममा विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण २०८०र०६र०४ गतेका दिन नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई बिदा गरिएको जनाएको छ ।