काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षकहरुको तर्फबाट शिक्षक महासंघ र सरकारबीच भएको सहमतिलाई लिएर राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् । आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । सहमतिमा आफ्ना मागहरु नसमेटिने भएपछि राहत शिक्षकका प्रतिनिधि बैठक छोडेर बाहिरिएका थिए ।
राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन पर्ने आफूहरुको माग भएपनि सहमतिमा ४५ हजार शिक्षकको माग बेवास्ता गरिएको बताए ।File Photo/RN
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति (पूर्णपाठसहित)