Logo

न्यायको लागि संघर्षरत आरती साहको परिवारजनसँग प्रभु साहको भेट, शिघ्र न्याय दिलाउन सरकारसमक्ष माग



काठमाडौं, ७ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आरती साहको परिवारजनसँग भेटेका छन् । विगत १०१ दिनदेखि काठमाडौंको माइतीघरमा आरतीको न्यायको लागि संघर्ष गरिरहेका परिवारका सदस्यहरुसँग भेटेर साहले उनीहरुको मागप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।

उनले देशको संघीय राजधानीमा यसरी न्यायको याचना गर्दा पनि सरकार कानमा तेल हालेर सुतिरहनु गलत रवैया भएको टिप्पणी गरेका छन् । उनले पीडित परिवारलाई चाँडोभन्दा चाँडो न्यायको प्रत्याभूति गराउन नेपाल सरकार खासगरी गृह प्रशासनसँग माग गरेका छन् ।

साहले आरती साहका परिवारजनसँग भेटेको तस्विर सार्वजनिक गर्दै फेशबुकमा लेखेका छन्–

अनवरत १०१ दिनदेखि न्यायको पर्खाईमा संघर्षरत रहेका आरती साहको परिवारजनसंग आज भेटेर उहाँहरुको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै देशको मुटु ९केन्द्र० राजधानीमा आएर यतिको समयसम्म संघर्ष गर्दा पनि राज्य बेखबर जस्तो कानमा तेल हालेर सुतिरहेको रवैयाप्रति चिन्ता व्यक्त गर्दै पीडितलाई कानुन बमोजिम शिघ्र न्यायको प्रत्याभूति गराउन नेपाल सरकार गृह प्रशासनसंग माग गर्दछु ।



प्रतिक्रिया दिनुहोस्