काठमाडौं,९ असोज । सोमबार पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलित बनेका छन् ।
चिकित्सकमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको । मंगलबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा काठमाडौंका पाटन, वीर अस्पताल, टिचिङ अस्पताललगायतका चिकित्सकहरू आएका छन् ।
उनीहरूले कुटाइ खाने कहिलेसम्म ? , डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ?, स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्, नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्नेलगायत लेखिएका प्लेकार्ड बोकेका छन् ।
तस्बिरहरु: मुकुन्द कालिकोटे- रिपोर्टर्स नेपाल डटकम