Logo

सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता



काठमाडौं, ९ असोज । सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै काष्ठमण्डप विद्यालयका प्रिन्सिपल डा. शिवा थापाले विस्तारै उक्त बैंकलाई नै मुख्य बैंकिङ पार्टनर बनाउने घोषणा गरेकी हुन । सो क्रममा बैंकका प्रतिनिधिहरुले भने विद्यालयलाई पनि उच्च प्राथमिक ग्राहकको रुपमा लिने प्रतिबद्धता जनाएका थिए ।

साथै, विद्यालय परिसरमै चाँडै एटिएम बुथ राखिदिने बैंकको प्रतिबद्धता छ । बैंकको तर्फबाट दरबमार्ग शाखाका शाखा प्रमुख सुरज न्यौपाने र बैंकका मुख्य कार्यालयका प्रतिनिधि प्रणवजंग पाण्डेको उपस्थिति थियो । विद्यालयका तर्फबाट भने प्रिन्सििपल डा. शिव थापासँगै चिफ एकाउन्ट म्यानेजर दिनेश धितालको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्