Logo

नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने नेपालको अधिकारको कुरा हो : राजकिशोर यादव (भिडिओसहित)



काठमाडौं, १० असोज । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा नेपालको स्वविवेकको अधिकार भएको बताएका छन् ।

नेपालले लिने निर्णयमा कसैको पनि हस्तक्षेप स्विकार्य नभएको उनको टिप्पणी छ । ‘नेपालको परराष्ट्र नीति नेपाली जनताको स्वार्थअनुकुल हामी स्वतन्त्र ढंगले सञ्चालन गर्छौं’,प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग भने ।

उनले मित्रराष्ट्रहरुसँगको सम्बन्धमा मित्रता एउटा कुरा भएपनि आफूहरुलाई हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि नभएको टिप्पणी गरे । उनले थपे–‘हामीले कोसँग कस्तो सम्बन्ध राख्छौं ? त्यो हाम्रो स्वअधिकार हो । नेपालले भारतसँग कस्तो सम्बन्ध राख्ने ? अनि कस्तो विजनेस गर्ने भन्ने कुराको निर्णयको सर्वाधिकार नेपालमा निहित छ । चीनसँग कस्तो सम्बन्ध राख्छौं ? त्यो पनि हाम्रो सर्वाधिकार छ ।’



प्रतिक्रिया दिनुहोस्