Logo

तिब्बतसंग जोडिएका नाका खुलेको साता दिन नपुग्दै दोलखाबाट चार केजी सुन बरामत



दोलखा, असोज ११। दोलखा प्रहरीले बुधवार राति चार केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका स्थित जामुनेबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए।

उक्त सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए। पक्राउ परेको तीन जनामध्य दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको बारे अनुसन्धान भै रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । पक्राउ परेका तीनै जना विगु १ लामाबगर क्षेत्रको रहेको प्रहरीले जनाएको छ ।चीन सरकारले आईतवारमात्र तिब्बतसंग जोडिएको दोलखाको दुईवटा नाका खुला गरेको थियो ।

सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधवार राति आफै सिंगटी पुगेका थिए । एक÷एक केजीको चार पिस सुनसहित तीन जनालाई सिंगटी प्रहरीले बुधवार रातिनै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

पक्राउ गरिएको सुन सिंगटीका स्थानीय सुन व्यवसायीलाई परिक्षण गराइएको र थप परिक्षण सदरमुकाम चरिकोटमा समेत गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताए। सुन तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुकोसमेत खोजी भई रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्