काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललगायत अन्य विशिष्ट अतिथिहरुले महानगरको अनुरोधमा ‘नो भेहकल जोन’ मा सवारी साधन प्रवेश नगराएको बताएका छन् ।
आज इन्द्र जात्राको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री लगायतका अतिथिहरु जुद्ध सालिकदेखि पैदल हिँडेर गई जात्रा अबलोकन गरेका थिए ।
सवारी व्यवस्थापन गर्दा सर्वसाधरणलाई सास्ति हुन्छ भनेर राष्ट्रपतिले हिँड्दै जान चाहेको बताइएपनि महानगरको आग्रहमा उक्त स्थानमा सवारी साधन नछिराइएको मेयर बालेनले खुलासा गरेका हुन् ।
मेयर बालेनले यसलाई काठमाडौंको सम्पदा संरक्षणमा यो अर्को पड्कोका रुपमा लिएका छन् । साथै, महानगरको आग्रहलाई स्वीकार गरेको भन्दै उनले राष्ट्रपतिदेखि अन्य विशिष्ट अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जालमार्फ उनले भनेका छन्ः
सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन ९सवारी साधन निषेधित क्षेत्र० मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ ।
सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्विकार गरिदिनु भएकोमा आभारी छौँ । हाम्रो सम्पदा, हाम्रो पहिचान ।