Logo

महेश बस्नेतको अरोपः बालेनले असफल माओवादी शैली अपनाए



काठमाडौं, १२ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको कारण १० करोड निजी लगानीमा बनेको जडिबुटीको बसपार्क सञ्चालनमा आउन नसकेको बताएका छन् ।

पूर्व जाने यात्रुका लागि बनाइएको उक्त बसपार्क बालेको बखेडाले सञ्चालन हुन नसकेको उनको अरोप छ । बालेनले आफू पनि नबनाएको र निजी क्षेत्रलाई पनि सर्पोट नगरेको भन्दै उनले बालेनको उक्त शैलीलाई ‘बाँदरे प्रवृति’ को संज्ञा दिएका छन् ।

‘पूर्व जाने यात्रुका लागि निजी क्षेत्रले १० करोडको लगानीमा जडिबुटीमा बनाएको बसपार्क बालेनको बखेडाले सञ्चालन हुन सकेको छैन। आफू पनि नबनाउने, निजी क्षेत्रलाई पनि सपोर्ट नगर्ने बाँदरे प्रवृति किन हो मेयर साब ! निर्माण नगर्ने तोडफोड मात्र गर्ने माओवादी असफल शैली बालेन शैली नबनोस !’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्