Logo

यो वर्ष ढिलो मनसुन बाहिरिने, यस्तो छ आजको मौसम



काठमाडौं, असोज १३ । नेपालमा यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ।

हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले अझै तीनरचार दिनसम्म देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना समेत विभागले उल्लेख गरेको छ ।

आज कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको रहेको छ ।



प्रतिक्रिया दिनुहोस्