काठमाडौं, असोज १३ । चीनमा जारी १९ अौं एसियाली खेलकुदमा नेपाली पब्जी टोली सेमिफाइनल चरणबाट बाहिरिएको छ ।१९ अौं एसियाली खेलकुदमा पदकको आश गरिको इ स्पोर्ट्सको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको हो ।
आज बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै फाइनल चरण पुग्न नसकेको हो।नेपाल तेस्रो स्थानमा रहेको छ। समूह ए को चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो।
नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो । नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो । चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो।
नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शनिबार खेलेका थिए।