काठमाडौँ । लेनदेनको आरोपमा पक्राउ परेका नायक अनमोल केसीलाई भोलि म्याद थप गरिने भएको छ । अहिले उनी प्रहरी हिरासतमा नभएर अस्पतालमा भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले केसीलाई हिजो (शुक्रबार) साँगाबाट पक्राउ परेका हुन् ।
सुदर्शन थापाको ब्यानरको फिल्म रावायणको मुख्य भूमिकाको लागि अनुवन्ध भएर अनमोलले १० लाख रुपैयाँ अग्रिम बुझेका थिए । तर, उनी पछि विभिन्न बहाना बनाएर फिल्मबाट बाहिरिएका थिए ।
थापाको तर्फबाट उनकी श्रीमती सुप्रिया कटुवालले केसीविरुद्ध उजुरी दिएको बुझिएको छ । केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भएको जनाईएको छ ।