Logo

एमाले प्रदेश अधिवेशनः कोशीमा सर्वसम्मतको प्रयास असफल, अध्यक्षमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा



काठमाडौं, १३ असोज । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनि उक्त प्रयास असफल भएको हो ।

अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालबीच प्रतिस्पर्धा हुने भएको छ । आज (शनिबार) अपरान्ह चार बजेसम्म मनोनयनका लागि छुट्याइएको समयमा ढकाल र खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोशीमा नेतृत्व चयनका लागि आईतबार (भोलि) निर्वाचन हुने भएको छ । मतदानका लागि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय छुट्इएको छ ।

एमाले अध्यक्ष ओलीले सबै प्रदेशमा सर्वसम्मतीबाट नेतृत्व चयनको प्रयास गरेपनि अहिलेसम्म उक्त प्रयास असफल भइरहेको छ ।

बागमतीमा पनि ओलीले सर्वसम्मतीको प्रयास गरेका थिए । अन्ततः बागमतीमा हिजो (शुक्रबार) निर्वाचनमार्फत् नेतृत्व चयन भइसकेको छ । त्यस्तै, कर्णालीमा पनि सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनको तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्