Logo

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्योः प्रदेश प्रमुख शेरचन



काठमाडौं, १३ असोज । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको टिप्पणी गरेका छन् । उनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताएका हुन् ।

उनले चीनको ७४औँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा निरन्तरको राजनीतिक अस्थिरता, नेपाल–चीनबीच भएका सहमति कार्यान्वयन पक्ष कमजोर हुँदा र चीनको विश्वास जित्न नसक्दा सोचेअनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको बताए ।

नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक सङ्कटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरूको ध्यान जानुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्