काठमाडौं, असोज १४ । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ। कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो।
जीपसँगै एक जना यात्रु मृत भेटिएका छन्। मृतकको सनाखत भने भइसकेको छैन। जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको छ । प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको छ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप शुक्रबार साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थिए।