Logo

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि निगमले लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता



काठमाडौं, १४ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले हिजो राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ, डिजेलमा र मट्टिटेलमा ६ रुपैया र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशनमा निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको हो ।

‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्यबृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२ः०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ,’– निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्