Logo

जलहरी प्रकरणः एक किलो चार सय ग्रामभन्दा बढि सुन अनियमितता भएको अख्तियारको निश्कर्ष



काठमाडौं, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरी राख्ने क्रममा १ किलो ४९१ ग्रामभन्दा बढि सुन अनियमितता भएको बताएको छ ।

अख्तियारले अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलनकुमार थापा र कोषका तत्कालीन स्टोर किपर अरुण कुमार श्रेष्ठलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

करिब तीन महिनाभन्दा लामो अनुसन्धानपछि अख्तियारले जलहरी प्रकरणमा मुद्दा दर्ता गराएको हो । जलहरी प्रकरणमा विवाद चुलिएपछि अख्तियारको टोलीले जलहरी निकालेर सुन जोखेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा पशुपतिनाथको मन्दिरमा जलहरी राख्ने काम भएको थियो । २०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा क्षमा पुजासहित १०८ किलो सुनको जलहरी राखिएको घोषणा गरेकी थिईन् ।

जलहरी प्रकरणः अनियमितता भएको अख्तियारको निश्कर्ष



प्रतिक्रिया दिनुहोस्