काठमाडौं, १४ असोज । दोलखाको विगु गाउँपालिका–१ लामबगरबाट ४ किलो सुन बरामद भएको छ । आईतबार (आज) पनि चार किलो सुन बरामद भएको प्रहरीले पुष्टि गरेको छ ।
यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । प्रहरी स्रोतका अनुसार, यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।