Logo

१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल आज बङ्लादेशसँग भिड्दै



काठमाडौं, असोज १५ । चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

चीनको हाङझाउमा अहिले बिहान ८ बजे हुने खेल जिते नेपालले कम्तीमा पनि कास्य पदक प्राप्त गर्नै छ। महिला कबड्डीमा नेपाल पछिल्लो दक्षिण एसियाली खेलकुदको रजत पदक विजेता हो । त्यतिबेला नेपालले बङ्लादेशलाई हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्