Logo

एसियाडमा पहिलो पटक सहभागी नेपाली महिला भलिबल टिम पराजित



काठमाडौं, असोज १५ । एसियन गेम्सको महिला भलिबलमा नेपाल पराजित भएको छ। आज दक्षिण कोरियासँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।

एसियाडमा महिला भलिबल टिम पहिलो पटक सहभागी भएको नेपाल दक्षिण कोरिसँग २१–२५, १४–२५ र ११–२५ को सेटमा पराजित भएको छ। पहिलो खेलमा प्रतिस्पर्धात्मक चुनौती पेश गरेको नेपालले बाँकी दुई सेटमा खासै जम्न सकेन।

नेपाल पहिलो खेलमा भियतनामसँग २५–४, २५–१६ र २५–१३ को सेटमा पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा कोरियासँग पराजित हुँदै नेपालको महिला भलिबल टिम प्रतियोगिताबाटै बाहिरीएको छ।



प्रतिक्रिया दिनुहोस्