काठमाडौं, असोज १६ । चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलअन्तर्गत भारतविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । दीपेन्द्र सिंह ऐरीले भारतीय कप्तान ऋतुराज गायकवाडलाई ९.५ ओभरमा व्यक्तिगत २५ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । नेपालले आज टस हारेर बलिङको गरिरहेको हो । यो अवस्थामा भारतले एक विकेट गुमाएर १ सय ४ रन बनाएको छ ।
नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज विनोद भण्डारीलाई बाहिर राख्दै करण केसीलाई मौका दिएको हो ।
नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरणमा नेपालले मंगोलियालाई २ सय ७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।