काठमाण्डौं, असोज १६ । १९ औँ एसियन गेम्सको पुरुष क्रिकेट अन्तरगत भारतविरुद्धको खेलमा नेपालले २०३ रनको लक्ष्य पाएको छ ।
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय रनको योगफल तयार पारेको हो।
भारतका शिवम दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे। दुवेले १९ बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे।
ओपनरद्दय ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए।
नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए। जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए।
नेपालका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरिले पहिलो सफलता दिलाएका थिए। दिपेन्द्रले दशौं ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए।
१२ औं ओभरको चौथो बलमा सोमपाल कामीले तिलक बमलाई २ रनमा बोल्ड आउट गरे। १३ औं ओभरको अन्तिम बलमा लेग स्पिनर सन्दीप लामिछानेले ५ रन बनाएका जितेश शर्मालाई कट एण्ड बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए।
दिपेन्द्रले १७ औं ओभरको दोस्रो बलमा अविनास बोहोराको हातबाट क्याच आउट गराउँदै जैसवाललाई पवेलियन पठाए।
नेपालका लागि दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
नेपाल र भारत टी २० आई मा पहिलो पटक आमनेसामने भएका हुन्।