Logo

भारतले दिएको २०३ रनको लक्ष्यसहित मैदानमा नेपाल



काठमाडौं, असोज १६ । १९ औँ एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले दिएको २०३ रनको लक्ष्यसहित नेपाल मैदान उत्रेको छ।

क्वार्टरफाइनल अन्तर्गतको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०२ रन बनाएको हो। २०३ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले पहिलो ओभर खेल्दै ८ रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेल ५ र आशिफ शेख शून्य रन बनाएर अहिले मैदानमा ब्याटिङ गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot