Logo

अर्थ समितिको बैठक जारी, छलफलका लागि बोलाइएका अर्थमन्त्री महत गएनन् (तस्बिरहरु)



काठमाडौं,१६ असोज । संघीय संसदअन्तर्गतको अर्थ समितिको बैठक जारी छ । सिंहदरबारस्थित अर्थ समितिको सभाहलमा बैठक बसिरहेको हो ।

आजको बैठकमा पछिल्लो समयमा देशकमा देखिएको अर्थतन्त्रका समस्याका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा छलफलका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बोलाईएको थियो । यद्यपि महत भने उपस्थित भएनन् ।

जिम्मेवार मन्त्री नै बैठकमा उपस्थित नभएको भन्दै बैठकमा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका थिए । पौडेलको आपत्तिपछि समितिका सभापति सन्तोष चालिसेले मन्त्री महतलाई बैठकको बारेमा जानकारी गराइएको जानकारी गराएका छ्न ।

तस्बिरहरु- मुकुन्द कालिकोटे- रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्