Logo

आज चार वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, असोज १७ । आज एकै दिन चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ।

बैठकमा नेपालमा उत्पादित सुपारी निकासी सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशाका बारेमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सडक पूर्वाधारको अवस्था र सार्वजनिक सवारी साधनका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल हुनेछ।

त्यस्तै ग्वार्को स्थित निर्माणाधीन फलाइओभर, कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ बिस्तार आयोजना र कालीमाटी स्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भई प्रयोगमा नआएको पुलको स्थलगत निरीक्षण लगायतका विषयमा छलफल हुनेछ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अध्ययन, अवलोकनबाट देखिएका विषयहरूका सम्बन्धमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस्