Logo

मधेशमा सुरक्षा चूनौति बढेपछि गृहमन्त्री श्रेष्ठ बर्दिवासमा, सुरक्षा निकायका प्रमुखहरुसहित गम्भीर छलफल



काठमाडौं, १७ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा धार्मिक समूदायबीचको झडपले उग्र रुप लिन थालेपछि केन्द्रीय सरकारको ध्यानाकार्षण भएको छ । संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा बढेको सुरक्षा चूनौतिलाई ध्यानमा राखेर आज (बुधबार) बर्दिवासमा सुरक्षा निकायका प्रमुखहरुसहितको विशेष बैठक बोलाएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएअनुसार गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे सीडीओ र सबै सुरक्षा निकायका जिल्ला र प्रदेश प्रमुखहरूसँग ब्रिफिङ लिइरहेका छन् । यसअघि जनकपुर र सर्लाहीमा धार्मिक समूदायबीच झडप भएको समाचार आएका थिए । सर्लाहीमा त प्रशासनले कफ्र्यु जारी जारी गरेको थियो ।

बैठकमा गृहमन्त्रालयका सचिव दिनेश भट्टराई, प्रवक्ता नारायणप्रसाद भट्टराई, नेपाल प्रहरीका आईजिपी वसन्त बहादुर कुँवर र सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुखलगायतका बैठकमा सहभागी छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्