Logo

‘उच्च सतर्क अवस्थामा रहन’ सेनालाई सरकारको निर्देशन



काठमाडौं, १७ असोज । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । आज (बुधबार) सिंहदरबारमा बसेको परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएको हो ।

पछिल्लो समय देशमा धार्मिक तथा जातीय द्वन्द्वको घटना बढिरहेको अवस्थामा जुनसुकै बेलापनि परिचान हुनसक्ने गरी सर्तक अवस्थामा रहनका लागि बैठकले निर्देशन दिएको छ ।

बैकठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा धार्मिक तथा जातीय द्वन्द्वका घटनाहरु बढिरहेका छन् । पछिल्लो समय धरान, नेपालगञ्ज र सर्लाहीमा यस्ता प्रकारका द्वन्द्वले उग्र रुप लिइरहेको छ ।

नेपालगञ्जमा आज पनि कफ्र्य जारी रहेको थियो ।
सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए। File Photo/RN



प्रतिक्रिया दिनुहोस्