Logo

मुख्यमन्त्री यादवले फेरि फुटाए मन्त्रालय, यस्तो छ कारण



काठमाडौं,१८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएर नेताको व्यवस्थापन गरेका छन् । उनले जनमत पार्टीले सम्हाल्दै आएको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर शिक्षा र समाज कल्याण छुट्टाछुट्टै बनाएका छन् ।

यसअघि सो मन्त्रालय जनमत पार्टीका प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले सम्हाल्दै आएका थिए । मन्त्रालय फुटेसँगै अब यादवले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने, समाज कल्याण मन्त्रालयको जिम्मेवारी जसपाकी सुरिता कुमारी शाहले पाउने भएकी छन् । उनी लामो समयदेखि मन्त्रालय विहीन थिईन् । यसअघि सत्तारुढ गठबन्धनका दलहरुसँग कुनैपनि मन्त्रालय नफुटाउने सहमति भएपनि आफ्नै पार्टीको दबाब थुग्ननसकेपछि यादवले मन्त्रालय फुटाएको बताइएको छ । सुरिता गत निर्वाचनको मुखैमा लोसपा परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेकी थिईन् । निर्वाचनपछि बनेको यादव नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनाउने सहमतिसहित उनी जसपा प्रवेश गरेकी थिईन् ।

थए एउटा मन्त्रालय फुटेसँगै मधेश सरकार मुख्यमन्त्रीसहित १० सदस्यीय बनेको छ । मन्त्रालय टुक्र्याएपछि मुख्यमन्त्री भारत भ्रमणमा लागेका छन् । सोहीकारण मधेश प्रदेशमा थप छलफल भने भएको छैन । अहिले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले निर्वाह गरिरहेका छन् । जनमत पार्टीले पाएको सामाजिक विकास मन्त्रालय गठबन्धनको व्यवस्थापनका नाममा तीनवटा भएका छन् ।



प्रतिक्रिया दिनुहोस्