काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आचार्य उपचाररत वीर अस्पताल पुगेर प्रधानमन्त्री दाहालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
आचार्यको स्वास्थ्यमा आकस्मिक समस्या आएपछि उनलाई अछामबाट थप उपचारको लागि नेपालगञ्ज हुँदै काठमाडौं ल्याईएको हो । चिकित्सकहरुले आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएका छन् ।
उनी पार्टीको तीन महिने अभियानको समिक्षा बैठकमा सहभागी हुने अछामको साँफेबगर पुगेका थिए । सो क्रममा उनी एक्कासी ढलेको र उनको दाहिने हात खुट्टा नचलेको बताईएको छ । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय