Logo

मुक्तिनाथ केबुलकार बनाउन भारतीय कम्पनीको लगानी, ५५ अर्ब रुपैयाँ लागत



काठमाडौं, असोज १८ । ५५ अर्ब रुपैयाँ लागतको मुक्तिनाथ केबुलकार बनाउन भारतीय कम्पनी के एन्ड आर रेल इन्जिनियरिङले लगानी गर्ने भएको छ ।

भारतको हैदरवादमा रहेको के एन्ड आर रेल इन्जिनियरिङले बुधबार केबुलकार परियोजना निर्माणका साथै लगानीसमते गर्ने गरी सम्झौता गरेको छ ।

समझदारीपत्रमा मुक्तिनाथ कम्पनीका प्रवन्ध सञ्चालक श्रीधर सापकोटा र के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै भारतीय कम्पनीले परियोजनाका ईपीसी ठेक्का लिने र परियोजना कर्जा अपरिवत्य मुद्रामा लगानी गर्ने भएको छ ।

परियोजनामा २ प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापको स्वामित्व रहने छ ।



प्रतिक्रिया दिनुहोस्