Logo

सांसद डाँगीको प्रश्नः पहिचानको नागरिकता माग्दा आत्महत्या गर्नुपर्ने अवस्था आउनु कत्तिको न्यायोचित हो ?



काठमाडौं,१८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा संसदीय दलकी सचेतक निशा डाँगीले लैङ्गीक तथा यौनिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले आफ्नो पहिचानसहितको नागरिकता पाउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले नेपालको संविधानको धारा १२ ले सुनिश्चितता गरेको पहिचानसहितको नागरिकता वाउने हकबाट नागरिक बञ्चित भएको भन्दै सरकराको ध्यानाकर्षण गराएकी हुन् । उनले पहिचानको नागरिकता पाउनको लागि आत्माहत्यानै गुर्नपर्ने हो भन्दै सरकासँग प्रश्नसमेत गरेकी छन् ।

‘संविधानको धारा १२ मा लैंङ्गिक पहिचानसहितको नागरिकता प्राप्त गर्ने प्रावधान छ । पहिचानको नागरिकता बनाउन लिङ्ग परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था नेपालमा छैन’, उनले भनिन्, ‘तर,पहिचानको नागरिकता दिन अस्पतालबाट शल्यक्रिया गरी लिङ्ग परिवर्तन गरेको र स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको प्रमाणपत्र राज्यले माग्छ । पहिचानको नागरिकता लिन यसरी मर्नुपर्ने अवस्था आउनु कतिको न्यायोचित हो रु नागरिकताको लिङ्गको महलमा ‘अन्य’ जनाई नागरिकता दिने प्रावधान छ । तर, अन्यबाट नागरिकता लिन पनि सहज छैन’, उनले भनिन् ।

संविधान बनेको ८ वर्ष बितिसक्दा पनि संविधानमा यो समुदायको संरक्षण र विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्ने भनिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । ‘समानुपातिक सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने भनिएको छ । विडम्बना अहिलेसम्म कानुन बनेको छैन । यो ८ वर्षमा राज्यले कुन कुन निकायमा यो समुदायका व्यक्तिलाई पुर्‍यायो र ’ उनले प्रश्न गरिन् ।



प्रतिक्रिया दिनुहोस्