काठमाडौं, असोज १९ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गर्दै पाँच जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।
कर्फ्यु लगाइएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन, पोस्टर, पर्चा टाँस्न नपाइने बताइएको छ।