Logo

प्रधानमन्त्री सहितको टोलीले आज बझाङ पुगेर भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्ने



काठमाडौं, असोज १९। भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ गएका छन्। नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे भूकम्प प्रभावित जिल्ला बझाङतर्फ लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि बझाङ गएका छन्। उनीहरुले बझाङमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्