काठमाडौं, १९ असोज । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुनको बाटोमा नहिँडेको कारण देशमा अराजकता बढेको बताएका छन् ।
आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकमहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार संविधान र कानुनअनुसार अगाडि बढ्दा देश सुशासन र समृद्धि तर्फ अगाडि बढ्न नसकेको बताएका हुन् ।
सरकारको असक्षमताका कारण देशमा अराजकता र द्वन्द्वको वातावरण सिर्जना भएको उनको आरोप छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जातीय पहिचानका आधारमा राज्य दिने अभिव्यक्तिले देशमा अराजकता र द्वन्द्वको अवस्था सिर्जना भएको उनको दाबी छ ।