हाङझाउ, असोज २०। नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङको फाइनल चरणमा प्रवेश गरेका छन् ।
फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा प्रवेश गरेका हुन् । १० खेलाडीबिच शनिबार नै फाइनल चरणको खेल हुने नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए। फाइनल चरणमा शीर्ष तीनमा रहनेले क्रमश: स्वर्ण, रजत र कांस्य पदक पाउनेछ ।