Logo

हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न महानगरको आग्रह, मङ्गलवारदेखि अनुगमन



काठमाण्डौं, असोज २० । काठमाण्डौ महानगरपालिकाले खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले दशैँका लागि किनबेच हुने खसीबोकालगायत चौपायाको यही २३ गते मङ्गलवारदेखि नै अनुगमन र स्वास्थ्य परीक्षण गर्न लागेको हो। अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र यस्तो अनुगमन हुँदै आएको थियो ।

कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने महानगरको तयारी छ । खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने छ । महानगरले परीक्षणपछि हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्दै पशु चौपाया बिक्री गर्ने ठाउँ, मासु पसल र बधशालालगायतका ठाउँमा पनि अनुगमन गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्