Logo

‘परदेशी २’ वर्तमान समाजको जल्दोबल्दो कथा होः प्रकाश सपुत



काठमाडौं, २० असोज । चर्चित गायक एवं चलचित्र परदेशी–२ का अभिनेता प्रकाश सपुतले चलचित्रले देशको वर्तमान अवस्थाको यथार्थ चित्रण गरेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्देै उनले परदेशी २ ले विदेश जाने मोह, परदेशमा भोग्नु पर्ने पीडादेखि रित्तिएको गाउँको कथालाई समेटेको बताए ।

‘हाम्रो देश यहाँ जन्मिने, हुर्किने मात्रै भयो । सबै जनाको चाहना हामी कोही पनि अछुतो छैनौं प्रदेशको मोहदेखि । प्रदेश जाने चाहनादेखि, प्रदेशको पीडा, प्रदेशले गाउँ रित्तिएको, बा आमा एक्लिएका, प्रदेशमा गएर युवाहरुले दुःख पाएका, यता आफ्नो माया प्रेम छुटेका थुप्रै दुःख, पीडा चलचित्रमा छ । अहिलेको वर्तमान समाजको जल्दोबल्दो कथा पर्देशी–२ ले लिएर आएको छ,’– उनले भने ।

साथै, पहिलो पटक चलचित्रमा आउने हिम्म्त गरेको भन्दै उनले उक्त हिम्मतको कदरका लागि पनि चलचित्र हेरिदिन आग्रह गरे । आफू गायक र सर्जक हुँदा दर्शकहरुबाट पाएको माया चलचित्रमा पनि पाउने उनले विश्वास व्यक्त गरे ।

साथै, उक्त चलचित्र परदेशी २ राम्रो र प्रोफेशनल टिमले बनाएको भएर पनि राम्रो रहेको उनले बताए । गोर्खा पल्टन, पर्देशी जस्ता चलिचित्रको निर्देशन गरेका नारायण रायमाझीले उक्त चलचित्र बनाएका हुन् । जसमा नीर शाह, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी लगायतका कलाकारहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्