काठमाडौं,२२ असोज । शनिबार इजरायलमा बिद्रोही समूह हमासको आक्रमणमा परेका नेपालीहरुको उद्धार तथा ती नेपालीहरुका बारेमा आवश्यक निर्णय लिन गठित समन्वय संयन्त्रको बैठक जारी छ ।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा आईतबार गठन भएको उक्त संयन्त्रको बैठकले त्यहाँ रहेका नेपालीहरुको अवस्था र सरकारले गर्नुपर्ने आवश्यक कार्यकोबारेमा छलफल गर्नेछ । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार उक्त आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । भने केही अझैपनि हाताहाती भएको आशंका गरिएको छ । सरकारका अनुसार हाल इजरायलमा ४ हजार ५ सय कामदार र २६५ विद्यार्थी रहेका छन् ।