काठमाडौं,२२ असोज । नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्मा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा असोज २६ गते नेपाल आउन गालेका गुटरेसले २७ असोजमा नेपालको संसदमा सम्बोधन गन लागेका हुन् । काठमाडौं आएको भोलिपल्ट महासचिव गुटरेसले ४ बजे संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
तीनदिने भ्रमणका लागि काठमाडौं आउन लागेका गुटेरेसको पोखरा भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ । गुटेरेस नेपाल भ्रमणपछि चीन भ्रमणमा निस्कने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले शान्ति प्रक्रिया, दिगो विकासका लक्ष्यलगायतका एजेण्डामा रहेर छलफल गर्नेछन् ।