काठमाडौं,२२ असोज र प्रस्तावित संघीय निजामती सेवा ऐनका विरुद्धमा सडकमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरीले दमन गरेको छ ।
संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र कर्मचारीबीच धकेलाधकेल भएको थियो । उक्तक्रममा प्रहरीले बल प्रयोग गरेको छ । त्यसक्रममा केही आन्दोलनरत कर्मचारीहरु घाइते भएका छन् ।
तस्बिर- मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल डटकम