Logo

कालो मोसो दलिएपछि केपी ओली र महेश बस्नेतलाई दुर्गा प्रसाईको चेतावनी



काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालो मोसो दलिएपछि त्यसको आरोप एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै नेता महेश बस्नेतमाथि आक्रोश पोखेका छन् । प्रसाईंले आज (सोमबार) काठमाडौंको जमलमा रहेको होटल यल्लो पगोडामा पत्रकार सम्मेलन गरेका थिए ।

सो कार्यक्रममा दर्जनौं क्यामेराहरु थिए । कार्यक्रम समापन भएर प्रसाईं आफ्नो गाडी चढेर हिँड्ने क्रममा उनी कालो मोसो दलिन पुगे । कालो मोसो दल्नेहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद नारा लगाएको कारण प्रसाईंले ओलीको नाम लिएर पैंचो तिर्ने बताएका छन् ।

प्रसाईंले फेशबुकमा लेखेका छन्-हजुरबुबा के पी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघ लाई धन्यवाद छ ! तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ ! प्रतीक्षा गर्नुहोस् !



प्रतिक्रिया दिनुहोस्