Logo

आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने



काठमाडौं, असोज २३ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपाली मारिएको घटनामा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को निर्णयले आज देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय गरिएको छ। बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

हमासको आक्रमणमा परी शनिबार १० जना नेपालीको मृत्यु भएको थियो । मृत्युको पुष्टि भने आइतबार मात्रै भएको थियो ।



प्रतिक्रिया दिनुहोस्