काठमाडौं, असोज २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि भोली बुधबार इजरायल जाने अनुमती पाएका २४ जना नेपालीलाई तत्काल त्यहाँ नजान आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जना नेपालीलाई तत्काल यात्रा नगर्न अनुरोध गरेको हो ।
भिसासमेत प्राप्त गरिसकेका २४ जना कामदारको यसअघि नै बुधबार बिहान १ बजे उडानको समय तोकिएको थियो
इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणपछि त्यहाँ तनावको अवस्था रहेकाले तत्काल यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको हो । हमास समुहले गरेको आक्रममाण १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् ।
सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले पनि कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएका छन् । जरायलको अवस्था अझै सामान्य नभएकाले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न उनले सरकारकातर्फबाट सुझाव दिएका हुन् ।